१३ बैंकले घटाए ब्याजदर

कार्तिक ३०, २०८० |कान्तिपुर टीभी संवाददाता
१३ बैंकले घटाए ब्याजदर

काठमाडौं । कर्जाको माग नबढेर पैसा थुप्रिन थालेपछि बैंकहरुले निक्षेपको ब्याजदर घटाएका छन् । महँगो ब्याज तिरेर संकलन गरेको रकम बैंकमै थुप्रने स्थिति आएपछि १३ वटा बैंकले ब्याजदर घटाएका हुन् ।

मंसिरका लागि कात्तिक मसान्तमै ब्याजदर प्रकाशन गर्नुपर्ने प्रावधान अनुसार आज (बिहीबार) बैंकहरुले ब्याजदर सार्वजनिक गरेका छन् । जसमा ६ वटा बैंकले ब्यादरमा कुनै परिवर्तन गरेका छैनन् ।

कात्तिकको तुलनामा मंसिरका लागि सबैभन्दा बढी एनआईसी एसियाले २ प्रतिशत विन्दुले ब्याजदर घटाएको छ । अब अधिकांश वाणिज्य बैंकको ब्याजदर एकल अंकमा झरेको छ ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.