राष्ट्र बैंकमा नयाँ नोट साट्नेको भिड (फोटो फिचर)

आश्विन २९, २०८० |सञ्जय लुइँटेल
राष्ट्र बैंकमा नयाँ नोट साट्नेको भिड (फोटो फिचर)

काठमाडौं । नेपाल राष्ट्र बैंकले सोमबारदेखि दसैं-तिहार लक्षित नयाँ नोट सटही सुविधा दिन सुरु गरेको छ ।

राष्ट्र बैंकले हरेक वर्ष दसैं-तिहार लक्षित नयाँ नोट सटही सुविधा दिने गरेको छ । विगतका वर्ष हरुमा जस्तै यो वर्ष पनि राष्ट्र बैंकले आजदेखि आगामी शुक्रबारसम्म नयाँ नोट सटही सुविधा हुने नेपाल राष्ट्र बैंकका कार्यकारी निर्देशक नरेशमान शाक्यले जानकारी दिए । उनका अनुसार उनले नयाँ नोट सटही गर्दा प्रतिव्यक्ति १८ हजार पाँच सय रुपैयाँसम्म मात्रै पाउनेछन् ।

काठमाडौं उपत्यकाभित्रका हकमा राष्ट्रिय वाणिज्य बैंक र वाणिज्य बैंकहरुले तोकको शाखाबाट नयाँ नोट सटही गर्न सकिनेछ । उपत्यका बाहिरको हकमा राष्ट्र बैंकको प्रदेशस्थित कार्यालय वा वाणिज्य बैंकका शाखा कार्यालयमा गई नोट साट्न सकिनेछ ।

विगतका वर्षहरुमा भन्दा यस वर्ष राष्ट्र बैंकले वाणिज्य बैंकहरुको सीमित शाखाहरुबाट मात्रै नोट बाँड्ने व्यवस्था मिलाएको छ । केही बैंकले नोट सटही गर्ने शाखाहरुको सूचीसमेत निकालेका छन् । सटही गर्दा ५, १०, २०, ५० र सय रुपैयाँ दरको एक-एक प्याकेट उपलब्ध गराउनेछ ।

आज राष्ट्र बैंकमा नोट साट्नेहरुको भिड लागेको छ । हेरौं थप तस्बिर :


Image

सञ्जय लुइँटेल

लुइँटेल कान्तिपुर टेलिभिजनका क्यामेरा पर्सन हुन् ।


Enter Kantipur TV HD
Advertisement