सुरु भयो नाडा अटो शो

भाद्र २६, २०८० |भरत रावल
सुरु भयो नाडा अटो शो

काठमाडौं । बर्सेनि नयाँ गाडीहरुको प्रदर्शनी हुने ‘नाडा अटो शो’ आजदेखि काठमाडौंको भृकुटीमण्डपमा सुरु भएको छ ।

सन् १९९८ देखि सुरु भएको अटो शोको यो १५औं संस्करण हो । केही वर्षअघिसम्म डिजेल तथा पेट्रोल गाडीको दबदबा हुने यो मेलामा यसपटक भने विद्युतीय सवारीसाधनको वर्चस्व छ ।

विद्युतीय साइकलदेखि करोडौंका विद्युतीय गाडीसम्मै उपभोक्ताको आकर्षण छ । अर्थतन्त्रमा शिथिलता र नेपाल राष्ट्र बैंकले सवारीसाधनको कर्जा जोखिम भार बढाएपछि शिथिल भएको अटोमोबाइल क्षेत्र यो मेलाले चलायमान हुने विश्वास छ ।


Image

भरत रावल

रावल कान्तिपुर टेलिभिजनको अर्थ ब्युरोमा कार्यरत छन् ।