राष्ट्रिय योजना आयोगको सोह्रौं योजना अवधारणपत्र पारित

श्रावण १७, २०८० |कान्तिपुर टीभी संवाददाता
राष्ट्रिय योजना आयोगको सोह्रौं योजना अवधारणपत्र पारित

काठमाडौं । राष्ट्रिय योजना आयोगले सोह्रौं योजनाको अवधारणपत्र पारित गरेको छ ।

सामाजिक न्याय, सुशासन र समृद्धिलाई प्रमुख लक्ष्य बनाइएर तयार पारिएको अवधारणापत्र आज बसेको योजना आयोगको पूर्ण बैठकले परित गरेको हो ।

५ वटा आवधिक योजनाले पूरा गर्ने गरी २०७५ सालमा ल्याइएको समृद्ध नेपालको परिकल्पना १५ औं योजनाले पुरा गर्न नसकेपछि उक्त लक्ष्यलाई समेत १६ औं योजनामा समावेश गरेर अगाडि बढ्ने तयारी आयोगको छ ।

त्यस्तै अल्पविकसित मुलुकबाट स्तरोन्नति र र सहस्राब्दि विकास लक्ष्यले लिएका लक्ष्य पुरा गर्ने गरि आधार पत्र तयार गरिने योजना आयोगले जनाएको छ ।

अवधारणापत्रमा राजनीतिक, प्रशासनिक र न्यायिक क्षेत्रमा सुशासन कायम र स्वास्थ्य, शिक्षा, रोजगारी तथा आवासलगायतका क्षेत्रमा सामाजिक न्याय स्थापनाको लक्ष्य लिइएको छ। अवधारणा पत्र परित भए पनि भोलिदेखि विषय, मन्त्रालय तथा क्षेत्रगत लक्ष्यमाथि छलफल गरिने आयोगले जनाएको छ ।

यस्तै उत्पादन तथा उत्पादकत्व अभिवृद्धिसँगै रोजगारीका अवसर सिर्जना र मानव स्रोत व्यवस्थापन १६ ‌औं योजनाको प्राथमिकतामा राखिएका छन् ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.