विराटनगर । कृषि र रोजगारीलाई प्राथमिकतामा राखेर कोशी सरकारले राखेर आगामी आर्थिक वर्षको बजेटको नीति तथा कार्यक्रम ल्याएको छ ।
प्रदेश प्रमुख पर्शुराम खापुङले आउँदो आर्थिक वर्ष ०८०/८१ को बजेटको नीति तथा कार्यक्रम प्रदेशसभामा आज (बुधबार) प्रस्तुत गरेका हुन् ।
नीति तथा कार्यक्रममा रोजगारी उल्लेख्य वृद्धि गर्न स्थानीय तहसँगको साझेदारीलाई प्राथमिकता दिइने, प्रदेश गौरवको आयोजना पहिचान गरिने उल्लेख छ । यसैगरी गरिबी निवारणका उपायको अध्ययन अनुसन्धान गरिनेलगायत विषय नीति तथा कार्यक्रममा उल्लेख छ ।
नीति तथा कार्यक्रममा प्रदेशको लगानी सम्मेलन आयोजना गर्ने, कानुन कार्यान्वयनको अनुगमन तथा मूल्यांकन गरिने, प्रदेश लोकसेवा आयोगको रणनीतिक योजना कार्यान्वयनमा ल्याउने, आन्तरिक राजस्व वृद्धिका लागि सम्भाव्यता अध्ययन प्रतिवेदनमा औंल्याएका सुझाव कार्यान्वयन गरिनेलगायत विषय उल्लेख गरिएको छ ।
अल्पमतमा परेको नेकपा एमालेका मुख्यमन्त्री हिक्मतकुमार कार्की नेतृत्वको सरकारले नीति तथा कार्यक्रम प्रदेशसभामा पेस गरे पनि बजेट भने अध्यादेशमार्फत ल्याउने तयारी गरेको हो ।