सहकारीबाट ठगिएकाहरुको रकम डुब्न नदिने सरकारको आश्वासन

जेष्ठ २४, २०८० |कान्तिपुर टीभी संवाददाता
सहकारीबाट ठगिएकाहरुको रकम डुब्न नदिने सरकारको आश्वासन

काठमाडौं । सरकारले सहकारीमा जम्मा गरेको रकम फिर्ता हुने भन्दै ढुक्क रहन वचतकर्तालाई आग्रह गरेको छ ।

आज काठमाडौंमा आयोजित एक कार्यक्रममा भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयका सचिव दामोदर रेग्मीले वचतकर्ताको रकम दुरुपयोग गर्नेमाथि कारबाही प्रक्रिया सुरु भइसकेको जानकारी दिए ।

सहकारी विभागले पनि देशभरका सहकारीको अनुगमन सुरु भएकोले वचतकर्ता आत्तिनुपर्ने अवस्था नरहेको जनाएको छ ।

तर, विज्ञहरुले भने सहकारीसम्बन्धी नीति नै परिवर्तन गर्नुपर्नेमा जोड दिएका छन् । नीति कमजोर हुँदा सहकारी सन्चालकले वचतकर्ताको रकम अपचलन गरेको उनीहरुको तर्क छ ।

हाल देशभर करिव ३२ हजार सहकारी छन्। तीमध्ये ३ हजारले वचतकर्ताको रकम अपचलन गरेको भन्दै सहकारी विभागमा उजुरी परेको छ ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.