एक वर्षपछि अन्तर्राष्ट्रिय प्रतिस्पर्धामा फर्कदै नेपाली महिला क्रेकेट टिम

जेष्ठ १२, २०८० |खेल ब्युरो
एक वर्षपछि अन्तर्राष्ट्रिय प्रतिस्पर्धामा फर्कदै नेपाली महिला क्रेकेट टिम

काठमाडौं । नेपाली महिला क्रिकेट टोली अहिले सन् २०२३ को पहिलो अन्तर्राष्ट्रिय सिरिजको तयारीमा छ । मलेसियामा जेठ १५ गतेदेखि हुने पाँच खेलको टी-ट्वान्टी सिरिजपछि नेपालले विश्वकप छनोटको तयारी थाल्ने छ । अघिल्लो वर्षदेखि नै पुरुष क्रिकेट लिग टू सिरिजसहित अन्तर्राष्ट्रिय प्रतियोगितामा लगातार सहभागी भइरहँदा महिला क्रिकेट टिम भने एक वर्षपछि अन्तर्राष्ट्रिय प्रतिस्पर्धामा फर्किन लागेको छ । मलेसियामा टी-ट्वान्टी विश्वकप छनोटनजिक पुगेर फर्किएपछि सकिएको नेपालको यात्रा मलेसियामै पुगेर छनोटको नयाँ अध्याय पहिल्याउने लक्ष्यमा छ ।

नेपालले एक वर्षअघि घरेलु मैदानमै युगान्डासँग पाँच खेलको टी-ट्वान्टी शृङ्खला खेल्दै एसीसी टि-ट्वेन्टी च्याम्पियनसिपको तयारी गरेको थियो । त्यो सिरिज तीन-दुईले गुमाएको नेपालले त्यसपछि मलेसियामा भएको एसीसी टी-ट्वान्टी च्याम्पियनसिपमा फाइनलसम्मको यात्रा तय गरेको थियो । तर फाइनल वर्षाका कारण नो रिजल्टमा दर्ज भयो । प्रतियोगितामा अपराजित युएई छनोट हुँदा नेपाल अभागी सावित भयो । त्यसपछि नेपालले कुनै अन्तर्राष्ट्रिय प्रतियोगिता खेल्न पाएन । घरेलु प्रतियोगिता मेर्यस कप र प्रधानमन्त्री कप खेलाडी छनोटका मुख्य आधार बने । अहिले टिममा ब्याटिङ मुख्य चुनौती छ।

नेपाली राष्ट्रिय क्रिकेटको पुरुष र महिला दुवै टिम सम्हालेको अनुभव भएका सामसनजंग थापा टोलीको मुख्य प्रशिक्षक छन् । टिममा भर्खरै फायर ब्रेक खेलेर आएका रुविना, सिता रानामगरसहित अनुभवी डली भट्ट, इन्दु रावललगायतका खेलाडी छन् । यस्तै युवा खेलाडी अप्सरी वेगम, अस्मिना कर्माचार्य, कृतिका जस्ता युवा खेलाडीको समिश्रण छ । तयारी सिरिजको भए पनि लक्ष्य दुई महिनापछि मलेसियामा नै हुने विश्व छनोटको हुनेछ ।

नेपाल क्रिकेट संघ क्यानले मलेसिया सिरिज लगत्तै टीयू मैदानमा अथवा विदेशी भूमिमा टी-ट्वान्टी सिरिज गराउने तयारी गरेको छ । मलेसियाले विश्वकप छनोटलाई मध्यनजर गरी विभिन्न प्रतियोगितामा सहभागिता जनाइरहेको छ । उत्तर पूर्वी खेलकुद सी गेम्समा चौथो भएको मलेसिया अघिल्लो वर्ष एसिया टी-ट्वान्टी कपमा छनोट भएको थियो । कठिन प्रतिद्वन्द्वीका रुपमा रहेको मलेसियाविरुद्ध सम्झना खड्का, कृतिका मरासिनी र इश्वरी विष्ट डेब्यू गर्ने तयारीमा छन् । यो सिरिज युवा खेलाडीलाई प्रमाणित गर्ने अवसरसमेत हो ।

नेपालले जेठ १५ देखि मलेसियासँग सिरिज खेल्ने छ । दोस्रो खेल १६, तेस्रो १८, चौथो २० र पाँचौं २१ गते गते हुनेछ । यो सिरिजमा खेलाडीले गर्ने प्रदर्शनले नेपालको विश्वकप छनोट यात्रा कस्तो हुन्छ भन्ने देखाउने छ ।

यो पनि...

काभा महिला भलिबल : साविक विजेता नेपाल सेमिफाइनलबाट बाहिरियो