प्रधानमन्त्रीको भारत भ्रमणमा निर्यात सहजताको विषय उठाउन निजी क्षेत्रको सुझाव

जेष्ठ १२, २०८० |सुमन पन्थ|भरत रावल
प्रधानमन्त्रीको भारत भ्रमणमा निर्यात सहजताको विषय उठाउन निजी क्षेत्रको सुझाव

काठमाडौं । नेपालको कुल वैदेशिक व्यापारमध्ये भारतसँगको हिस्सा ६३ प्रतिशत छ । तर व्यापार तथा पारवहन क्षेत्रमा दुई मुलुकबीच देखिएका वर्षौंदेखिका समस्या सुल्झन नसक्दा व्यापार घाटा आकासिदो छ । चालु आर्थिक वर्षको १० महिनामा मात्रै भारतसँगको व्यापार घाटा साढे ७ खर्ब नाघेको छ । प्रधानमन्त्री पुष्पकमल दाहालले आउँदो साता गर्ने भारत भ्रमणका क्रममा नेपालबाट हुने निर्यातमा भारतीय पक्षबाट हुँदै आएका प्रशासनिक अवरोध हटाउने विषयमा छलफल केन्द्रित गर्न विज्ञले सुझाव दिएका छन् ।

चालु आर्थिक वर्षको १० महिनामा १३ खर्ब ३५ अर्बको कुल वैदेशिक व्यापार भएकोमा भारतबाट मात्रै ८ खर्ब ४५ अर्बको आयात भएको छ । कुल वैदेशिक व्यापारको ६३ प्रतिशत व्यापार भारतसँग मात्रै हुने गरेको छ । त्यस्तै नेपालबाट ७० प्रतिशतभन्दा बढी वस्तु भारत निकासी हुने गरेका छन् । नेपालले शून्य भन्सार सुविधा प्राप्त गरे पनि नेपालमा प्रमाणित भएको गुणस्तर चिन्हलाई भारतले मान्यता दिएको छैन । यहीकारण निर्यातमा समस्या हुँदा भारतसागको व्यापार घाटा बढ्दो छ । १० महिनामामात्रै भारतसँगको व्यापारघाटा साढे ७ खर्ब नाघेको छ । यसपटक प्रधानमन्त्रीको भारत भ्रमणका अवसरमा नेपालबाट निर्यात हुने वस्तुमा देखिएको गैरभन्सार अवरोध हटाउनेलगायतका विषय उठाउन विज्ञले सुझाव दिएका छन् ।

त्यस्तै आउँदो अक्टोवरमा सकिन लागेको व्यापार सम्झौतालाई पनि समयसापेक्ष बनाउनुपर्ने देखिन्छ । भारतीय बन्दरगाहबाट सामान छुटाउन भइरहेका समस्या र लागत कम गर्ने गरि पारवहन सम्झौता संशोधन गर्न विज्ञको सुझाव छ । त्यस्तै भारतीय लगानी भित्राउने विषयमा पनि गतिलो गृहकार्य गर्नुपर्ने खाँचो छ । नेपालमा उत्पादित विद्युत तथा रैथाने वस्तुको सहज निर्यातको वातावरण निर्माण गर्न पनि निजी क्षेत्रले सुझाएका छन् ।

त्यस्तै विद्युत खरिद बिक्री तथा अन्तरदेशीय डिजिटल भुक्तानी सम्झौता, भन्सार विन्दुमा एकीकृत जााच चौकी, पेट्रोलियम पाइपलाइन निर्माण, थप हवाई प्रवेश विन्दु, दुई वटा अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनजस्ता विषय प्रधानमन्त्रीको भारत भ्रमणका प्रमुख एजेण्डा बन्ने छन् ।

 यो पनि...

प्रधानमन्त्रीको भारत भ्रमणमा २७ वर्षअघि सहमति भएको पञ्चेश्वर परियोजना कार्यान्वयनबारे छलफल हुने


Image

सुमन पन्थ

पन्थ कान्तिपुर टेलिभिजनको अर्थ ब्युरोमा कार्यरत छन् ।

Image

भरत रावल

रावल कान्तिपुर टेलिभिजनको अर्थ ब्युरोमा कार्यरत छन् ।