अफगानिस्तानसँग नेपाल पराजित

कार्तिक ९, २०८२ |खेल ब्युरो
अफगानिस्तानसँग नेपाल पराजित

काठमाडौं । बङ्गलादेशमा जारी सेन्ट्रल एसिया भलिबल सङ्घ (काभा) कप पुरूष भलिबल प्रतियोगितामा अफगानिस्तानसँग नेपाल पराजित भएको छ । 

ढाकामा आइतबार भएको खेलमा अफगानिस्तानले नेपाललाई ३-० को सोझो सेटमा हराएको हो । अफगानिस्तानले नेपाललाई खेलको पहिलो सेटमा २५-१८ ले पराजित गरेको थियो भने नेपाल दोस्रो सेटमा २५-१७ र तेस्रो सेटमा २५-२१ ले पराजित भएको हो ।

चौथो खेलमा नेपालको यो तेस्रो हार हो । नेपालले माल्दिभ्सलाई ३-० को सेटमा हराउँदै पहिलो जित हासिल गरको थियो । त्यसअघि नेपाल पहिलो खेलमा ताजिकिस्तान र बङ्गलादेशसँग पराजित भएको थियो ।-रासस