
काठमाडौं । चालु आर्थिक वर्षको पहिलो त्रैमासमा आयात–निर्यात दुवै बढेको छ ।
भन्सार विभागले सार्वजनिक गरेको तथ्यांकअनुसार चालु आर्थिक वर्षको पहिलो त्रैमासमा ४ खर्ब ६८ अर्ब रूपैयाँ बराबरको वस्तु आयात भएको छ । अघिल्लो आर्थिक वर्षको तुलनामा आयात यो अवधीमा १९.७९ प्रतिशतले बढेको हो ।
२०८१/८२ को पहिलो त्रैमासमा ३ खर्ब ९० अर्ब रूपैयाँ बराबरको वस्तु आयात भएको थियो । त्यस्तै चालु आर्थिक वर्षको पहिलो त्रैमासमा निर्यात ८९.६४ प्रतिशतले बढेको छ । भन्सार विभागकाअनुसार चालु आ.वको पहिलो त्रैमासमा ७२ अर्ब ७८ करोड र"पैयाँको वस्तु निर्यात भएको छ । अघिल्लो भएको यही अवधिमा ३८ अर्ब ३७ करोड रूपैयाँ बराबरको निर्यात भएको थियो ।
पहिलो त्रैमासमा नेपालले ५ खर्ब ४० अर्ब ८६ करोड रूपैयाँको वैदेशिक व्यापार गरेको छ । अघिल्लो आर्थिक वर्षको सोही अवधिमा ४ खर्ब २९ अर्ब १३ करोड रूपैयाँको वैदेशिक व्यापार गरेको थियो । समीक्षा अवधिमा झन्डै १३ प्रतिशतले ब्यापार घाटा बढेको छ ।
चालु आर्थिक वर्षको साउनदेखि असोजसम्ममा ३ खर्ब ९५ अर्ब व्यापार घाटा देखिएको छ । अघिल्लो आर्थिक वर्षको सोही अवधिमा मुलुकको व्यापार घाटा ३ खर्ब ५२ अर्ब रूपैयाँ रहेको थियो । चालु आ.वको समीक्षा अवधीमा आयाततर्फ नेपालले पेट्रोलियम पदार्थको आयातमा ६६ अर्ब ८७ करोड रूपैयाँ खर्च गरेको छ ।
निर्याततर्फ चालू आवको समीक्षा अवधीमा ३० अर्ब ६९ करोड रूपैयाँ बराबरको सोयाविन तेल निर्यात गरेको छ ।