ह्वात्तै घट्याे सुनकाे मूल्य, कतिमा हुँदैछ काराेबार ?

कार्तिक ९, २०८२ |कान्तिपुर टीभी संवाददाता
ह्वात्तै घट्याे सुनकाे मूल्य, कतिमा हुँदैछ काराेबार ?

काठमाडौं । तिहारपछि खुलेको सुन बजारमा आइतबार सुनको मूल्य ११ हजार ६ सय रूपैयाँले गिरावट आएको छ ।

कात्तिक ३ गते प्रतितोला २ लाख ५३ हजार ५ सय रूपैयाँमा कारोबार भएको सुनको मूल्य आइतबार प्रतितेला २ लाख ४१ हजार ९ सय रूपैयाँमा झरेको छ ।

तिहारका कारण बजार बन्द रहेकाले आइतबार मात्रै बजार एक्कासी घटेको देखिएको हो । जबकि अन्तर्राष्ट्रिय बजारमा गत मंगलबार नै सुनको मूल्यमा १२ वर्षयताकै सबभन्दा ठूलो गिरावट आएको थियो । शनिबार र आइतबार भने अन्तर्राष्ट्रिय बजार बन्द रहन्छन् ।

चाँदी पनि तोलामा दुई सय ६५ रूपैयाँले घटेर तीन हजार १५ रूपैयाँमा कारोबार भइरहेको छ । गत कात्तिक तीन गते चाँदी तोलामा तीन हजार दुई सय ८० रूपैयाँमा कारोबार भएको थियो ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.