हवाई रुटबारे छलफल गर्न पर्यटन मन्त्रालयको टोली भारत प्रस्थान

जेष्ठ १०, २०८० |कान्तिपुर टीभी संवाददाता
हवाई रुटबारे छलफल गर्न पर्यटन मन्त्रालयको टोली भारत प्रस्थान

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहालको भारत भ्रमणअघि नै हवाई रुटको विषयमा छलफल गर्न संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयको टोली आज (बुधबार) भारत प्रस्थान गरेको छ ।

मन्त्रालयका सहसचिव तथा हवाई उद्योग महाशाखाका प्रमुख बुद्धिसागर लामिछाने र नागरिक उड्डयन प्राधिकरण महानिर्देशक प्रदीप अधिकारीसहितको टोली बुधबार भारत गएको हो ।

नयाँ हवाई प्रवेश विन्दु र गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको आईएलएस उडान तथा अवतरण कार्यविधिमा भारतीय पक्षको स्वीकृति- वार्ताको प्रमुख एजेन्डा रहेको मन्त्रालयले जनाएको छ ।

नयाँ हवाई प्रवेश विन्दु नहुँदा पश्चिमतिरबाट आएका जहाज सिमराबाट मात्रै नेपाल प्रवेश गर्नुपर्ने अवस्था छ ।

पश्चिमतिरबाट नयाँ हवाई प्रवेश विन्दुको विषयमा नेपालले सन् २०१६ सालदेखि भारतीय पक्षसँग छलफल गर्दै आएको छ । नेपालले महेन्द्रनगर हुँदै जहाज नेपालबाट बाहिरिन पाउने विन्दुलाई दुईतर्फी बनाउन माग गर्दै आएको छ । तर भारतले सुरक्षाको कारण देखाउादै आलटाल गरिरहेको छ ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.