सुनको मूल्य दुई सय रुपैयाँ घट्यो

चैत्र १३, २०७९ |कान्तिपुर टीभी संवाददाता
सुनको मूल्य दुई सय रुपैयाँ घट्यो

काठमाडौं । सुनचाँदी बजारमा आज छापावाल सुनको मूल्य एक लाख नौ हजार रुपैयाँ तोकिएको छ । अघिल्लो दिन प्रतितोला एक लाख नौ हजार दुई सयमा कारोबार भएको सुन आज प्रतितोला दुई सयले घटेको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघले सार्वजनिक गरेको विवरणअनुसार आज तेजाबी सुनको मूल्य प्रतितोला एक लाख आठ हजार पाँच सय रुपैयाँ छ । यसको मूल्य अघिल्लो दिन एक लाख आठ हजार सात सय रुपैयाँ थियो । त्यस्तै आज चाँदीको मूल्य अघिल्लो कारोबार मूल्यका तुलनामा प्रतितोला १० रुपैयाँले घटेर एक हजार तीन सय ६० रुपैयाँमा आएको महासंघले जनाएको छ ।

महासंघले अन्तर्राष्ट्रिय बजारमा हुने सुन तथा चाँदीको कारोबार मूल्यका आधारमा यहाँ दैनिक सुन तथा चाँदीका मूल्य तोक्दै आएको छ ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.