२७ अंकले नेप्से घट्दा १ अर्ब २८ करोडको कारोबार

चैत्र १२, २०७९ |कान्तिपुर टीभी संवाददाता
२७ अंकले नेप्से घट्दा १ अर्ब २८ करोडको कारोबार

काठमाडौं । साताको पहिलो कारोबार दिन आइतबार नेप्से परिसूचक २६.८५ अंकले गिरावट आएको छ । त्योसँगै नेप्से १८८८.२७ विन्दुमा झरेको छ ।

पछिल्लो समय नेप्सेमा उतारचढाव निरन्तर आइरहेको छ । त्यस्तै, सेन्सिटिभ इन्डेक्स ५.०१ अंक घटेको छ । फ्लोट इन्डेक्स १.९८ अंक घटेको छ भने सेन्सिटिभ फ्लोट इन्डेक्स १.९५ अंकले घटेको छ ।

आइतबार कारोबारमा आएका २५९ कम्पनीको ३७ लाख ५४ हजार कित्ता सेयर किनबेच भएका छन् । जसकारण एक अर्ब २८ करोड ९३ लाख रुपैयाँबराबरको कारोबार भएको छ । बिहीबारको तुलनामा आज (आइतबार) नेप्से कारोबार रकम पनि घटेको छ । बिहीबार एक अर्ब ४१ करोडको सेयर कारोबार भएको थियो ।

नेप्सेका १३ वटै उपसमूहको परिसूचक घटेका छन् । जसमध्ये म्युचुअल फन्ड उपसमूहको परिसूचक ४.७७ प्रतिशत घटेको छ । त्यस्तै, लघुवित्त ३.८४ प्रतिशत, उत्पादन तथा प्रशोधन र व्यापार २ प्रतिशतभन्दा बढी घटेको छ भने विकास बैंक, वित्त,बैंक र निर्जीवन बिमा उपसमूहको परिसूचक १ प्रतिशतभन्दा बढी घटेको छ ।

नेप्से परिसूचक घटे पनि माया खोला हाइड्रोपावर र एसियन हाइड्रोपावरको सेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ । त्यस्तै, कालिञ्चोक दर्शनको सेयरमूल्य ६ प्रतिशत बढेको छ ।

तर यता जीवन विकास लघुवित्त, जाल्पा लघुवित्त, युनिक नेपाल लघुवित्त र महिला लघुवित्तको सेयर नकारात्मक सर्किट लेभलमा कारोबार भएको छ । आइतबार हिमालयन डिस्ट्रिलरी कम्पनीको ८ करोड ६२ लाख रुपैयाँबराबरको सेयर खरिदबिक्री भएको छ ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.