सुनको मूल्य तोलामा ६ सय रुपैयाँ घट्यो

चैत्र १२, २०७९ |कान्तिपुर टीभी संवाददाता
सुनको मूल्य तोलामा ६ सय रुपैयाँ घट्यो

काठमाडौं । नेपाली बजारमा आज सुनको मूल्य ६ सय रुपैयाँ घटेको छ । 

नेपाल सुनचाँदी व्यवसायी महासंघकाअनुसार आज छापावाल सुन प्रतितोला एक लाख ९ हजार २ सय रुपैयाँमा कारोबार भइरहेको छ । गत साताको कारोबारको अन्तिम दिन शुक्रबार छापावाल सुनको मूल्य तोलामा एक लाख ९ हजार ८ सय रुपैयाँ तोकिएको थियो ।

यस्तै, तेजाबी सुन प्रतितोला एक लाख ८ हजार ७ सय रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ । गत शुक्रबार तेजाबी सुनको मूल्य एक लाख ९ हजार ३ सय रुपैयाँ कायम गरिएको थियो ।

आज चाँदीको मूल्य भने बढेको छ । चाँदीको मूल्य प्रतितोला एक हजार ३७० रुपैयाँ तोकिएको छ । शुक्रबार एक हजार ३६० रुपैयाँमा किनबेच भएको थियो । 


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.