नेप्से १९२६ अंकमा रोकियो, कारोबार रकम १ अर्ब नाघ्यो

चैत्र ५, २०७९ |कान्तिपुर टीभी संवाददाता
नेप्से १९२६ अंकमा रोकियो, कारोबार रकम १ अर्ब नाघ्यो

काठमाडौं । साताको पहिलो कारोबार दिन आइतबार नेप्से घटेको छ ।

आइतबार नेप्से परिसूचक ६.९० अंक घटेर १९२६.४० विन्दुमा झरेको हो । त्यस्तै, सेन्सेटिभ इन्डेक्स १.५२ अंकले घटेको छ । फ्लोट इन्डेक्स ०.५८ अंक र सेन्सेटिभ फ्लोट इन्डेक्स ०.६६ अंकले घटेको छ ।

आइतबार कारोबारमा आएका २५९ कम्पनीको ३१ लाख ६३ हजार कित्ता सेयर किनबेच भएका छन् । जसकारण एक अर्ब ६ करोड ९८ लाख ४ हजार रुपैयाँबराबरको खरिदबिक्री भए । अघिल्लो कारोबारको तुलनामा आइतबार कारोबार रकमसमेत गिरावट भएको छ । बिहीबार नेप्सेमा एक अर्ब १४ करोडको सेयर खरिदबिक्री भएको थियो ।

नेप्सेका १३ उपसमूहमध्ये ५ उपसमूहको परिसूचक बढेको छ भने ८ उपसमूहको परिसूचक घटेको छ । जसमा होटेल तथा पर्यटन, जलविद्युत्, लगानी, निर्जीवन बिमा र व्यापार उपसमूहको परिसूचक बढेको छ भने उत्पादन तथा प्रशोधन, लघुवित्त र म्युचुअल फन्ड उपसमूहको परिसूचक घटेको छ । ग्रिन भेन्चर, एनआईबीएललगायत अन्य कम्पनीको सेयरमा सुधार आएको छ ।

आइतबार नेप्से घटे पनि मानुषी लघुवित्त, युनिक नेपाल लघुवित्त र शुभम् पावरको सेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ । तर यता, सानिमा ग्रोथ फन्डको एकाइ मूल्य ८.५६ प्रतिशत घटेको छ । आइतबार हिमालयन डिस्टलरी कम्पनीको ६ करोडभन्दा बढीको सेयर कारोबार भएको छ ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.