मूल्य समायोजन गर्ने नेपाल आयल निगमको आनाकानी

चैत्र ३, २०७९ |कान्तिपुर टीभी संवाददाता
मूल्य समायोजन गर्ने नेपाल आयल निगमको आनाकानी

काठमाडौं । भारतबाट इन्धनको मूल्य घटेर आए पनि मूल्य समायोजन गर्न नेपाल आयल निगमले आनाकानी गरेको छ ।

पेट्रोलमा प्रतिलिटर ८६ पैसा र डिजलमा १ रुपैयाँ ७४ पैसा मूल्य घटेर आएको छ । निगमले अहिले उपभोक्तामाथि ७ किसिमका कर लगाएर पनि पेट्रोलमा ७ रुपैयाँ र डिजलमा १४ रुपैयाँ नाफा लिएको छ । इन्धनमा अहिले सरकारी भन्सार तथा प्रज्ञापन शुल्क, सडक मर्मत सम्भार शुल्क, प्रदूषण शुल्क, पूर्वाधार कर, मूल्यअभिवृद्धि कर र मूल्य स्थिरीकरण कोषमा रकमलगाउने गरेको छ ।

खाना पकाउने एलपी ग्यासको घाटापूर्ति गर्न मूल्य समायोजनमा समस्या भएको निगमका प्रवक्ता विनीतमणि उपाध्यायले जानकारी दिए । निगमका अनुसार खाना पकाउने ग्यासमा प्रतिसिलिन्डर ६३५ रुपैयाँको घाटा रहेको छ । उपराष्ट्रपनिको निर्वाचन आचारसहिताका कारण मूल्य घटाउन आनाकानी गरेको निगमका अधिकारीहरुको भनाइ छ ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.