आगामी आर्थिक वर्षका लागि प्राथमिकताका क्षेत्र छुट्याउँदै प्रदेश र स्थानीय तह

माघ २५, २०७९ |सुशीला पाठक|विनोद घिमिरे
आगामी आर्थिक वर्षका लागि प्राथमिकताका क्षेत्र छुट्याउँदै प्रदेश र स्थानीय तह

धनकुटा । संघ र प्रदेश सरकारले जस्तै स्थानीय तहमा पनि आगामी आर्थिक वर्ष २०८०/०८१ का लागि वार्षिक बजेट, नीति तथा कार्यक्रम र प्राथमिकताका क्षेत्रका विषयमा छलफल सुरु भएको छ । पुस मसान्तमा सिलिङ पठाइसकेका स्थानीय तहहरु, केन्द्र तथा प्रदेश सरकारबाट प्राप्त हुने बजेटको प्रतिक्षामा छन् ।

आगामि आर्थिक वर्ष २०८०/८१ का लागि बजेटको पूर्व तयारी स्वरुप धनकुटाको शहिदभूमि गाउँपालिकाले ५० करोड ५५ लाख रुपैयाँ बराबरको सम्भावित आयव्ययको विवरण संघीय सरकारको अर्थमन्त्रालयमा पठाएर त्यहाँबाट प्राप्त हुने सिलिङको प्रतीक्षामा छ । धनकुटाका अन्य ६ वटा स्थानीय तहले पनि पुस मसान्तमै बजेटको प्रक्षेपण केन्द्रमा पठाइसकेका छन् ।

मोरङका सबै स्थानीय तह आगामी बजेटको पूर्वतयारीमा जुटेका छन् । यता १७ वटा स्थानीय तह रहेको रौतहटमा गौर नगरपालिकाले मात्रै राजश्व परामर्श समितिको बैठकपछि संघीय सरकारसमक्ष बजेटको प्रक्षेपण बुझाएको छ ।

आगामी आर्थिक वर्षको बजेट निर्माणका लागि सबै स्थानीयतहले बजेटको सिलिङ पुस मसान्तमै संघीय सरकारलाई पठाइसक्नु पर्ने नियमअनुसार देशभरका ७ सय ५३ स्थानीय तहले नै आ-आफ्नो बजेटको सिलिङ पठाइसकेका छन् । फागुनमा संघ र चैत अन्तिमसम्ममा प्रदेश सरकारले स्थानीय तहमा जाने बजेटको सीमा तोक्छन् । यसैका आधारमा बैशाखमा स्थानीय तहले आफ्नो नीति कार्यक्रम, बजेट र प्राथमिकताका क्षेत्र छुट्याउँने गरेका छन् ।


Image

सुशीला पाठक

पाठक कान्तिपुर टेलिभिजनकी मोरङ संवाददाता हुन् ।

Image

विनोद घिमिरे

घिमिरे कान्तिपुर टेलिभिजनका धनकुटा संवाददाता हुन् ।