कान्तिपुर समाचार, २५ माघ २०८१

माघ २५, २०८१ |कान्तिपुर टीभी संवाददाता
कान्तिपुर समाचार, २५ माघ २०८१

आजका मुख्य समाचार,

* गैरकानुनी काममा संलग्न भएको आरोपमा धरानबाट १७ अमेरिकी पक्राउ / पर्यटक भिसामा आएर शंकास्पद गतिविधिको आशंकामा चार दिनदेखि प्रहरी हिरासतमा ।

* मुद्दामा समर्थन र विरोधभन्दा सत्ता मोलमोलाइले सधैं राजनीतिक अस्थिरता / झण्डै दुईतिहाईको सरकारसँग हैसियतभन्दा ठूलो बार्गेनिङ गर्दै जसपा नेपाल / अध्यादेशमा सत्ताको लोभ देखाउँदै सरकार ।

* कार्यक्षमता सुधार्न नगरी बजेटको आकार घटाउँदा आर्थिक वृद्धिको लक्ष्य समेत प्रभावित हुने / बजेट अझै पनि पूर्ण कार्यान्वयन हुनेमा आशंका / सरकारमाथि नै प्रश्न ।

* अन्तर्राष्ट्रिय फौजदारी अदालतमाथि प्रतिबन्ध लगाउने अमेरिकी राष्ट्रपति ट्रम्पको निर्णयप्रति युरोपेली आयोगको आपत्ति / न्याय सम्पादनलाई निरन्तरता दिने आइसीसीको दृढता ।

* खेलमा सुधार नहुँदा महिला टी-ट्वेन्टी आई त्रिकोणात्मक सिरिजमा नेपाल जितविहीन / अन्तिम खेलमा थाइल्याण्डसँग ७ विकेटले पराजित / सिरिजको उपाधि थाइल्याण्डलाई ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.


Enter Kantipur TV HD
Advertisement