‘वर्तमान हवाई नीति नै हवाई क्षेत्रको बाधक’

मंसिर २१, २०७९ |कान्तिपुर टीभी संवाददाता
‘वर्तमान हवाई नीति नै हवाई क्षेत्रको बाधक’

काठमाडौं । नेपाल नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक प्रदीप अधिकारीले वर्तमान हवाई नीति नै हवाई क्षेत्रको बाधक भएको बताएका छन् ।

अन्तर्राष्ट्रिय नागरिक उड्डयन दिवसका अवसरमा बुधबार आयोजित कार्यक्रममा उनले सरकारको हवाई क्षेत्र विकासको प्रतिबद्धता र राष्ट्रिय हवाई नीति कमजोर भएको कारण हवाई क्षेत्रको विकास हुन नसकेको बताए । उनले सरकारले नयाँ हवाई नीति बनाउँदा अहिले हवाई क्षेत्रमा देखिएका नयाँ चुनौती समस्यालाई समेत सम्बोधन हुनेगरी लेख्न आवश्यक रहेको बताए ।

उनले हवाई नीतिमा एउटा पर्यटन क्षेत्रका लागि मात्रै हवाई उडानको विकास हुनुपर्छ भन्ने साँघुरो सोचबाट माथि उठेर नीति बनाउन आवश्यक रहेको बताए । उनले नागरिक उड्डयन प्राधिकरणका पूर्वप्रमुख वा मन्त्रालयका जानकारले मात्रै नीति बनाएर काम नहुने भन्दै बृहत् अर्थ बुझेका विज्ञहरुबाट हवाई नीति बनाउनुपर्ने बताए ।

उनले हाम्रो देश वातावरणीय प्रभावलाई देखाएर विमानस्थलहरु बनाउन नसकिएको तर टर्कीले २५ लाख रुख काटेर विमानस्थल बनाएको बताए । उनले अहिले त्यो विमानस्थलमा नौ करोड हवाई यात्रु उडान गरिरहेको उनको भनाइ छ ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.