कालिकोट । कर्णाली राजमार्गको सुर्खेत–जुम्ला सडक अन्तर्गत कालिकोटको गगने खोलामा पहिरो खस्दा सडक अवरुद्ध भएको छ ।
आइतबार बेलुकीदेखिको वर्षाले गगने खोलामा गएको पहिरोका कारण आज बिहानदेखि कर्णाली राजमार्ग अवरुद्ध भएको कालीकोट प्रहरी प्रमुख डिएसपी टेक बहादुर रावतले बताउनभयो ।
रातिदेखि अत्यधिक वर्षा भएकोले गगने खोलामा पहिरो खसेको कारण सवारी सञ्चालनमा कठिनाई भएको डिएसपी रावतको भनाई छ । पहिरो पन्छाउन कर्णाली करिडोर सुरु हुने खुलालु जिरो पोइन्टमा खसेका ढुङ्गा पन्छाएर जेसीभी गगने खोलाको पहिरो हटाउन पठाइएको बुझिएको छ । सडक अवरुद्ध हुँदा कालिकोट, जुम्ला मुगु, बाजुरा, हुम्लाबाट सुर्खेत जाने र त्यताबाट माथितिर आउने गाडी रोकिएको प्रहरीले जनाएको छ ।