"प्रहरी हुँ" भन्दै सर्वसाधारणलाई धम्काउने एक जना पक्राउ

असार १६, २०८२ |विकास आर्या

महोत्तरी । वलबा नगरपालिका ४ परौलबाट "प्रहरी हुँ" भन्दै सर्वसाधारणलाई धम्काउदै आएका एक जनालाई प्रहरीले पक्राउ गरेको छ । २९ वर्षिय कृष्ण कुमार महतोलाई विहीवार पक्राउ गरि  पत्रकार सम्मेलन मार्फत जानकारी गराएको हो ।

जिल्ला प्रहरी कार्यालय महोतरीमा कार्यरत छुँ भन्दै स्थानीयवासीहरुलाई धम्की दिंदै आएको जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रहरी उपरीक्षक हेरम्ब शर्माले बताउनु भयो । घरमै लुकिछिपी रहेको अवस्थामा पक्राउ गरिएको हो । महतोमाथि अभद्र व्यवहार शीर्षकमा मुद्दा चलाइएको छ ।


Image

विकास आर्या

आर्या कान्तिपुर टेलिभिजन महोत्तरीका संवाददाता हुन् ।