महोत्तरी । औरही नगरपालिका–८ टिम्कियास्थित बर्दिवास-जलेश्वर सडकखण्डमा आइतबार साँझ टिप्परको ठक्करबाट मोटरसाइकलमा सवार एक जनाको मृत्यु भएको छ भने एक जना गम्भीर घाइते भएका छन्।
जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रहरी नायव उपरीक्षक शैलेन्द्र भट्टका अनुसार टिप्परको ठक्करबाट लोहरपट्टी नगरपालिका १ बगरा बस्ने १७ वर्षीय नितिश भगतको मृत्यु भएको हो। त्यसै गरि दुर्घटनामा जनकपुर उपमहानगरपालिका ४ बिश्वकर्मा चौक बस्ने ३० वर्षीय रुपेश भगत भने गम्भीर घाइते भएका छन्।
आइतबार राति करिब ७ बजे भएको उक्त दुर्घटनामा गम्भीर घाइते भएका दुवै जनालाई बर्दिवास अस्पताल लगिएपछि चिकित्सकले नितिश भगतलाई मृत घोषणा गरेका थिए भने रुपेश भगतको उपचार बर्दिवास अस्पतालमा सम्भव नभए पछि थप उपचारको लागी जनकपुरको न्युरो हस्पिटलमा भै रहेको छ ।
दुर्घटनापछि आक्रोशित स्थानीयवासीले करिब एक घण्टा सडक अवरुद्ध गरेका थिए। घटनामा संलग्न टिफरलाई प्रहरीले नियन्त्रणमा लिएको छ भने चालक प्रहरीको नियन्त्रणमा रहेको छ।चालक कमलामाई नगरपालिका १२ का सन्तलाल माझी रहेको जिल्ला प्रहरीका नायव निरीक्षक शैलेन्द्र भट्टले जानकारी दिनुभएको छ।