
काठमाडौं । नइ एकेडेमीले 'नेपाल भारत विश्वविद्यालय प्राध्यापक सम्मेलन’को उचाइ अभिवृद्धिका साथै नेपाली भाषासाहित्यको पठनपाठन, अनुसन्धान तथा सिर्जनात्मक संवर्धनमा समर्पित भएबापत दुई जना प्राध्यापकलाई मरणोपरान्त 'नइ प्रज्ञा पुरस्कार' समर्पण गर्ने निर्णय गरेको छ ।
प्रा.डा.ताराकान्त पाण्डे र प्रा.खेमराज जोशीलाई 'नइ प्रज्ञा पुरस्कार'बाट विभूषित गरिने भएको हो । यी पुरस्कारका राशि जनही पचास पचास हजार रुपियाँ रहेका छन् । नइ एकेडेमीले २०८२ साल चैत २७,२८ र २९ गते सम्पन्न हुने 'नेपाल भारत विश्वविद्यालय प्राध्यापक सम्मेलन’का अवसरमा प्रा.डा.पाण्डे र प्रा.जोशीका पत्नी या उत्तराधिकारीला 'नइ प्रज्ञा पुरस्कार' समर्पण गर्ने भएको छ ।
नइ एकेडेमीका कुलपति श्रीमती इन्दिरा प्रसाईको अध्यक्षतामा बसेको बैठकले उक्त निर्णय गरेको हो ।