आर सुरेन्द्रको ‘आशीर्वाद’ सार्वजनिक

फाल्गुन १८, २०८२ |कान्तिपुर टीभी संवाददाता
आर सुरेन्द्रको ‘आशीर्वाद’ सार्वजनिक

काठमाडौं । लेखक आर सुरेन्द्रद्वारा लिखित तीर्थयात्राहरूको सँगालो ‘आशीर्वाद’ एक कार्यक्रमबीच लोकार्पण गरिएको छ । काठमाडौंमा आयोजित कार्यक्रममा प्रमुख अतिथि पूर्वप्रधानन्यायाधीश गोपाल पराजुली लगायतले उक्त पुस्तक सार्वजनिक गरे ।

प्रमुख अतिथि पराजुलीले लेखक आर सुरेन्द्रले आध्यात्मिक चेतनामा आदर्श समाजको परिकल्पना गरेको बताउनुभयो । उहाँले तीन ‘मा’ को सहारामा आशीर्वाद कृतिभित्र मातृत्व, मातृभूमि र मानवताका विषयमा चर्चा रहेको बताउनुभयो । 'सुरेन्द्रको यस यात्राकृतिमा सभ्यतासँग जोडिएका अभिव्यक्तिहरू रहेका छन् ।' प्रमुख अथिति पूर्वप्रधानन्यायाधीश पराजुलीले भन्नुभयो ।

कृतिमाथि समीक्षात्मक चर्चा गर्दै डा. विष्णु दाहालले सार्वजनिक पुस्तक पठनीय भएको उल्लेख गर्दै कृतिमा यात्रासँगै आध्यात्मिक विषयवस्तु समेटिएको बताउनु भयो । उहाँले कृतिभित्रका केही प्रसंगहरूको चर्चा गर्दै त्यसमा केही सुधार गर्नुपर्ने सुझाव पनि दिनुभयो ।

कार्यक्रममा रविराज थापा, डा. शास्त्रदत्त पन्त, वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीसहित हिन्दु र बौद्ध धर्मगुरुहरूले आआफ्ना धारणा राखेका थिए । त्यस अवसरमा लेखक आर सुरेन्द्रले आफ्नो लेखन अनुभूति सुनाउनुभएको थियो ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.