
काठमाडौं । उपन्यासकार नारायण ढकालको ‘जगज्जननी उसकी आमाको नाम होइन’ नामको उपन्यास सार्वजनिक भएको छ ।
लेखक ढकालले आफ्नो साहित्य यात्राको अनुभवको संगालेर उपन्यास तयार पारेको एक कार्यक्रमका बीच शनिबार सार्वजनिक गरिएको हो । तीन दशकदेखि साहित्यमा निरन्तर सक्रिय ढकालले लामो समयदेखि आफूले देखेका सपना संगालेर कृति तयार पारिएको बताउनुभयो ।
उमेर ढल्किएसँगै आएको श्यामश्वेत सपनाको संग्रह उपन्यास बनेर आएको उपन्यासकार ढकालको भनाइ छ। इतिहासका विभिन्न कालखण्डले जन्माएका खुला प्रतिक्रियालाई पुस्तकको रूप दिएको उहाँको भनाइ छ ।