
झापा । झापाको मेचीनगरमा स्थापित लाल-भागिरथा बानियाँ प्रतिष्ठानले वरिष्ठ पत्रकार नकुल काजीसहित तीन जनालाई सम्मान गरेको छ ।
संस्थाको सातौं साधारणसभाको अवसरमा आयोजित कार्यक्रममा उहाँहरूलाई सम्मान गरिएको हो । मेचीनगरका समाजसेवी हरिचरण बानियाँले आफ्ना मातापिताको स्मृतिमा स्थापना गर्नुभएको प्रतिष्ठानबाट हरेक वर्ष किसान र गृहिणीसहितलाई सम्मान गर्दै आएको छ ।
यसवर्ष कृषक सम्मानबाट जैविक कृषक समुहलाई र १ सय २२ वर्षीया आमाको स्याहारसुसार गर्ने मालती राजवंशीलाई उत्कृष्ट गृहिणी पुरस्कार प्रदान गरिएको छ ।