दलीय भागबन्डामा नियुक्त ६ राजदूत फिर्ता बोलाउने सरकारको निर्णय

चैत्र २४, २०८२ |कान्तिपुर टीभी संवाददाता
दलीय भागबन्डामा नियुक्त ६ राजदूत फिर्ता बोलाउने सरकारको निर्णय

काठमाडौँ । सरकारले दलीय भागबन्डाका आधारमा नियुक्त भएका ६ राजदूतलाई फिर्ता बोलाउने निर्णय गरेको छ । चैत २२ गतेको मन्त्रिपरिषद्‌को बैठकले राजदूत फिर्ताको निर्णय गरेको हो ।

परराष्ट्र मन्त्रालयका प्रवक्ता लोकबहादुर क्षेत्रीका अनुसार अस्ट्रेलियाका लागि नेपाली राजदूत चित्रलेखा यादव, भारतका लागि नेपाली राजदूत शंकर शर्मा, डेनमार्ककी सुम्निमा तुलाधर, दक्षिण कोरियाकी शिवमाया तुम्बाहाम्फे, दक्षिण अफ्रिकाका कपिलमान श्रेष्ठ र श्रीलंकाका लागि नेपाली राजदूत पूर्णबहादुर नेपालीलाई १ महिनाभित्र फिर्ता हुन भनिएको छ । यसबारे सम्बन्धित राजदूतावासलाई मन्त्रालयले पत्राचारसमेत गरिसकेको छ ।

राजदूत फिर्ताको निर्णयसँगै अब १७ देशका कूटनीतिक नियोग नेतृत्वविहीन हुने भएका छन् ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.