इतिहासमा ओझेल परेका कथाहरू सार्वजनिक

मंसिर १२, २०८२ |कान्तिपुर टीभी संवाददाता
इतिहासमा ओझेल परेका कथाहरू सार्वजनिक

ललितपुर । नेपाली आधुनिक कथा साहित्यको इतिहासमा उल्लेख नभएका तर वि.सं. २०१०को दशकमै रूपरेखा, गोरखापत्र, दिपक जस्ता महत्वपूर्ण पत्रिकाहरूमा प्रकाशित भएका केशवप्रसाद आचार्य (१९८८-२०५६)का कथाहरूका सङ्ग्रह प्रकाशित भएको छ।

प्रकाशन संस्था शूत्रव्दारा ललितपुरमा आयोजित एक समारोहमा कथाकार स्वर्गीय केशवप्रसाद आचार्यकी ८७ वर्षिया पत्नी श्रीधरा आचार्य, समालोचक डा गीता त्रिपाठी र संविधानविद् डा भीमार्जुन आचार्यले संयुक्त रूपमा केशवप्रसाद आचार्यका कथा सार्वजनिक गर्नुभयो। कथाकार अमोद भट्टराईद्वारा सम्पादित उक्त सङ्ग्रहमा स्वर्गीय आचार्यका ८ वटा कथाहरू छन्। सङ्ग्रहमा बिस्तृत सम्पादकीय-आलेख पनि प्रकाशित छ।

कार्यक्रममा समालोचक डा गीता त्रिपाठीले नेपाली पाठकले यी कथाहरुबाट तत्कालीन सामाजिक परिवेश र राजनीतिक चेतनालाई पढ्न सक्ने बताउनुभयो । उहाँले पछिल्लो समय हतारमा कथा लेखिरहेकाहरुले त यसलाई नछुटाइ पढ्नु पर्ने जिकिर गर्नुभयो । सम्पादक अमोद भट्टराईले नेपाली कथाको इतिहासमा ओझेल परेका यी कथाहरु पढ्दा पाठक लाभान्वित हुने दावी गर्नुभयो ।

स्वर्गीय आचार्य नेपाली साहित्य र राजनैतिक क्षेत्रमा सानै उमेरदेखिनै संलग्न थिए। नेपाललाई स्वतन्त्र बनाउने अभियानमा राजनीतिज्ञ गणेशमान सिंह श्रेष्ठलाई सहयोग गर्न आचार्य वि.सं. २००५ मा १७ वर्षको उमेरमा काठमाडौंबाट रक्सौल निर्वासनमा गएका थिए। प्रकाशित सङ्ग्रह नेपाली कथा साहित्यको हराएको इतिहासको एउटा दस्तावेज मात्र नभई नेपाली राजनीति, शिक्षा र पत्रकारिताको विभिन्न कालखण्डको खोजी गर्नुपर्ने ओझेल परेका विभिन्न तथ्यगत आमुखिकाहरूका लागि सन्दर्भ सामग्री समेत हुने चर्चा समारोहमा गरिएको थियो। स्वर्गीय आचार्यले प्रजातन्त्र पुनर वहालिका लागि गर्नु भएको उद्देशात्मक पत्रकारिताको पनि त्यसअवसरमा चर्चा गरिएको थियो।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.