काठमाडौं । पद्यश्री साहित्य पुररस्कारका लागि उत्कृष्ट पाँच पुस्तकको सूची सार्वजनिक गरिएको छ ।
खेमलाल हरिकला लामिछाने समाज कल्याण प्रतिष्ठानले आज उत्कृष्ट पुस्तकको संक्षिप्त सूची सार्वजनिक गरेको हो ।
यसरी सार्वजनिक गरिएको संक्षिप्त सूचीमा छुदेन काविमोको उमराल, रमेश भुसालको छालबाटो, भवानी खतिवडाको प्रणाम सगरमाथा, सरस्वती प्रतिक्षाको स्व र तीर्थ श्रेष्ठको हिउँको गीत रहेको छ ।
असार १५ गते सार्वजनिक गरेको बिस्तारित सूचीबाट आज पाँच पुस्तकलाई संक्षिप्त सूचीमा राखिएको र यसबाट एक पुस्तकलाई पद्यश्री पुरस्कार प्रदान गरिने प्रतिष्ठानका अध्यक्ष जीवा लामिछानेले जानकारी दिनुभयो ।
प्रतिष्ठानले वि स २०६३ देखि नेपाली साहित्यमा वर्षभरि प्रकाशित पुस्तकहरुमध्ये उत्कृष्ट पुस्तकलाई पद्यश्री साहित्य पुरस्कार प्रदान गर्दै आएको छ ।