नारायणमान विजुक्छेको जेलबाट श्रीमतीलाई लेखिएका चिठ्ठी 'लेटर फ्रम जेल' नामक पुस्तक विमोचन

श्रावण २, २०८२ |सुन्दर शिल्पकार
नारायणमान विजुक्छेको जेलबाट श्रीमतीलाई लेखिएका चिठ्ठी 'लेटर फ्रम जेल' नामक पुस्तक विमोचन

भक्तपुर । नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान विजुक्छेको जेल जीवन विताएका समय आफ्ना श्रीमतिलाई लेखिएका चिठी 'लेटर फ्रम जेल' नामक पुस्तकको अंग्रेजी संस्करण विमोचन गरिएको छ ।

बालविकास सेकेन्डरी स्कुलले अध्यक्ष विजुक्छेले सन १९८८ देखि १९०० सम्म २२ महिना जेलमा रहँदा श्रीमती शोभा विजुक्छे लाई लेखिएका चिठ्ठीको संगालो अंग्रेजी संस्करणमा शुक्रबार सार्वजनिक गरिएको हो । 

किताबमा जेलभित्र गरेको संघर्षसँगै जीवन, समाज, भक्तपुरको कला संस्कृति, राजनीति, दर्शनलगायत मनछुने सन्दर्भहरू छन् । जेलको साँघुरो र अँध्यारो कुनाबाट मनका र देशका कुरा व्यक्त गर्न चिठी लेखेको विजुक्छेले बताउनुभयो । 

यस अघि नेपाली संस्करणमा किताब प्रकाशन भईसकेका छन् । कार्यक्रममा बागमति प्रदेश सभाका सदस्य सुरेन्द्र राज गोसाई , प्रदेश सभा सदस्य श्रृजना सैजु, वरिष्ठ कवि नरेन्द्र प्रसाईं, वरिष्ठ कवियत्री ईन्दिरा प्रसाईं, अनुवादक अनुराज जोशी, समिक्षक अभय श्रेष्ठलगायतका व्यक्तित्वहरू किताबको विषयमा समीक्षा गरेका थिए । 

उहाँकी श्रीमतीको निधन तीन वर्ष अगाडि २०७९ असार ८ गते भएको थियो । विजुक्छेले आफ्नी श्रीमती निधन भएको तेस्रो वर्षको पुन्यतिथिको अवसर पारेर अंग्रेजी संस्करणमा पुस्तक सार्वजनिक गरेका हुन् ।


Image

सुन्दर शिल्पकार

शिल्पकार कान्तिपुर टेलिभिजनका भक्तपुर संवाददाता हुन् ।