शम्भूजित बाँस्कोटालाई रेडियो कान्तिपुरको 'दीर्घ साधना सम्मान'

सुशान्त र इन्द्रकलाको गीतलाई 'पिपल्स चोइस अवार्ड'
१४ विधामा संगीतकर्मीलाई अवार्ड
उत्कृष्ट ब्यान्डको अवार्ड कुम सागर एण्ड द ख्वप ब्यान्डलाई
असार २८, २०८२ |कान्तिपुर टीभी संवाददाता
शम्भूजित बाँस्कोटालाई रेडियो कान्तिपुरको 'दीर्घ साधना सम्मान'

काठमाडौं । वरिष्ठ संगीतकार शम्भुजीत बाँस्कोटा रेडियो कान्तिपुरको दीर्घ साधना सम्मानबाट सम्मानित हुनुभएको छ। रेडियो कान्तिपुरको नेशनल म्युजिक अवार्डअन्तर्गत बाँस्कोटालाई लाइफ टाइम अचिभमेन्ट अवार्डबाट सम्मानित गरिएको हो। नेपाली संगीतको उन्नयनमा दशकौं योगदान गर्नुभएका बाँस्कोटालाई कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष कैलाश सिरोहिया, निर्देशक स्वस्तिका सिरोहिया र प्रबन्ध निर्देशक सम्भव सिरोहियाले सम्मानपत्र र अवार्ड हस्तान्तरण गर्नुभयो।

रेडियो कान्तिपुरले हरेक वर्ष आयोजना गर्दै आएको नेसनल म्युजिक अवार्डसको यस वर्षको संस्करणमा सुशान्त केसीको 'बार्दली' गीतले पिपल्स चोइस अवार्ड जितेको छ भने सुशान्तले यहि गीतबाट उत्कृष्ट पप गायकको अवार्ड पनि जित्नुभयो।

त्यसबाहेक उत्कृष्ट लोक गायकको अवार्ड प्रकाश दुतराजले प्राप्त गर्नुभएको छ । उहाँले गीत 'करिम'बाट उत्कृष्ट लोकगायकको अवार्ड प्राप्त गर्नु भएको हो । त्यस्तै उत्कृष्ट लोक गायिकाको अवार्ड शान्ति श्री परियारले 'तिमी र म जाम माया’ बाट प्राप्त गर्नुभएको हो । उत्कृष्ट नवगायकको अवार्ड 'जे हुनु थियो भइसक्यो'बाट गायक आरसी रिमालले प्राप्त गर्नुभएको छ ।

त्यस्तै उत्कृष्ट रचनाकारको अवार्ड भुषण खरेलले प्राप्त गर्नुभएको हो । उहाँले गीत 'जान्छौ भने’बाट उत्कृष्ट रचनाकारको अवार्ड प्राप्त गर्नुभएको हो । उत्कृष्ट आधुनिक गायिकाको अवार्ड टीका प्रसाईंले प्राप्त गर्नुभएको छ । उहाँले गीत 'ए जिन्दगी'बाट उत्कृष्ट गायिकाको अवार्ड प्राप्त गर्नुभएको हो ।

उत्कृष्ट आधुनिक गायकको अवार्ड शिव परियारले प्राप्त गर्नुभएको हो । उहाँले गीत 'चुपचाप'बाट उत्कृष्ट गायकको अवार्ड प्राप्त गर्नुभएको हो । यता फिल्म खुस्माको गीत 'रुकुम मैकोट'बाट उत्कृष्ट पार्श्व गायकको अवार्ड एसडी योगीले प्राप्त गर्नुभएको छ । उत्कृष्ट पार्श्व गायिकाको अवार्ड गायिका समिक्षा अधिकारीले प्राप्त गर्नुभएको छ । उहाँले 'बुझिनँ मैले बुझाइदेऊ कसैले' गितबाट प्राप्त गर्नुभएको हो ।

उत्कृष्ट संगीत निर्देशकको अवार्ड सञ्जीव बराइलीले प्राप्त गर्नुभयो । उहाँले गीत चुपचापबाट उत्कृष्ट संगीत निर्देशकको अवार्ड प्राप्त गरेका हुन् ।

नेसनल म्युजिक अवार्ड्स एनएमए २०८१ मा उत्कृष्ट ब्यान्डको अवार्ड युवापुस्ताका लोकप्रिय गायक कुम सागर एण्ड द ख्वप ब्यान्डले प्राप्त गरेको छ ।

उत्कृष्ट हिपहप एण्ड आरएनबीको अवार्ड ब्रिजेश श्रेष्ठले गीत 'मुटुमै बसेर’बाट प्राप्त गर्नुभएको छ ।

उत्कृष्ट पप गायिकाको अवार्ड त्रिशला गुरुङले प्राप्त गर्नुभएको छ । उहाँले गीत विच भाइब्समार्फत् उत्कृष्ट पप गायिकाको अवार्ड प्राप्त गर्नुभएको हो ।

गोदावरीमा भएको समारोहमा कलाकारहरु दुर्गेश थापा, स्वप्न सुमन, कुम सागर एण्ड ख्वप ब्यान्ड, सुशान्त घिमिरेलगायतले प्रस्तुती दिएका थिए । 


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.