संखुवासभा । नागपञ्चमीका दिनदेखि पूर्वका संखुवासभा, भोजपुर, तेह्रथुम, ताप्लेजुङ, धनकुटा लगायतका जिल्लामा लाखेनाच सुरू भएको छ।
नेवार संस्कृतिअनुसार भीमसेन मन्दिरमा पूजाआजा र सगुन खुवाएर लाखे निकालिएको हो । नेवा देय दबु संखुवासभाको नेतृत्वमा यो वर्ष पनि खाँदबारी, चैनपुर, सिभुवा, तुम्लिडटार लगायतका व्यापारिक केन्द्रमा लाखेनाच सुरू गरिएको हो ।
कष्णजन्माष्टमीको दिन भीमसेन मन्दिरमा प्रदर्शन गरेपछि लाखेनाच सकिन्छ ।