लधुकथा समाज नेपालको अध्यक्षमा तुलसीहरि कोइराला चयन

श्रावण ४, २०८२ |कान्तिपुर टीभी संवाददाता
लधुकथा समाज नेपालको अध्यक्षमा तुलसीहरि कोइराला चयन

काठमाडौं । लघुकथा समाज, नेपालको १९औँ साधारणसभाले तुलसीहरि कोइरालाको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको छ ।

काठमाडौंमा आयोजित साधारणसभाले उपाध्यक्षमा शुष्मा चित्रकार,महासचिव सुमन सौरभ,सचिव श्रीबाबु कार्की,कोषाध्यक्ष छविरमण सिलवाल चयन गरेको छ । यसैगरी सदस्यहरुमा राजेश खनाल,सिन्धु गौतम,तारा केसी र मधु पाठक चयन हुनुभयो ।

समाजका महासचिव सुमन सौरभले संगठनात्मक र कोषाध्यक्ष छविरमण सिलवालले आर्थिक प्रतिवेदन प्रस्तुत गर्नुभयो । सभाबाट दुवै प्रतिवेदन पारित गरिएको छ ।

सभामा समाजका सल्लाहकार एवं अग्रज नाट्यकर्मी अशेष मल्लले यसले महत्त्वपूर्ण काम गर्दै आएको चर्चा गर्नुभयो । उहाँले लघुकथा समाज नभएको भए सायद लघुकथाको सिद्धान्त नलेखिने बताउनुभयो । समाजका संस्थापक अध्यक्ष एवं सल्लाहकार श्रीओम श्रेष्ठ ‘रोदन’ले लघुकथाको सांगठनिक स्वरूपका बारेमा कसैले चर्चा नगरेको समयमा यो संस्था गठन गरिएको स्मरण गर्नुभयो । उहाँले नयाँ कार्यसमितिले समाजलाई अझै उचाइमा पुर्‍याउने विश्वास व्यक्त गर्नुभयो ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.