श्रीराम श्रेष्ठको नियात्रा संग्रह ‘यात्राको तस्बिर’ सार्वजनिक

जेष्ठ ४, २०८२ |कान्तिपुर टीभी संवाददाता
श्रीराम श्रेष्ठको नियात्रा संग्रह ‘यात्राको तस्बिर’ सार्वजनिक

काठमाडौं । लेखक तथा साहित्यकार श्रीराम श्रेष्ठको नियात्रा संग्रह ‘यात्राको तस्बिर’ सार्वजनिक भएकाे छ । नेपाली कांग्रेसका नेता एवं सांसद् डा. शशांक कोइरालाले लेखक तथा साहित्यकार श्रीराम श्रेष्ठद्वारा लिखित नियात्रा सङ्ग्रह ‘यात्राको तस्बिर’को लोकर्पण गर्नुभएकाे छ । 

महाराजगञ्जस्थित निवासमा एक कार्यक्रमकाबीच नियात्रा सङ्ग्रहको विमोचन गर्नुभएको हो । श्रेष्ठले विभिन्न क्षेत्रको भ्रमणका क्रममा देखे भोगेका अनुभव अनुभूतिहरूलाई नियात्राको रुपमा तयार पारिएका १७ शीर्षकका नियात्रा ‘यात्राको तस्बिर’ भित्र प्रस्तुत गरिएको छ । 

‘यात्राको तस्बिर’ श्रेष्ठका २७औं प्रकाशित कृति हो । यसअघि पहिलो नियात्रा सङ्ग्रह ‘अनुभूति अनेक-२०७०,’ प्रकाशित थियो । उक्त कृति नुवाकोट साहित्य प्रतिष्ठानले प्रकाशन गरेको हो । 

नुवाकोटको विदुरमा वि.सं. २०३१ सालमा जन्मिएका श्रेष्ठको हालसम्म केही नियात्रा सङ्ग्रह, जीवनी सङ्ग्रह, कविता, समीक्षा, अनुसन्धानात्मक पुस्तकका साथै जापानिज साहित्यका हाइकु, तान्का, कटौता, सेदोका, डोडोइट्सु, मन्डो र कोरियन साहित्यका सिजो जस्ता विधाका अधिक पुस्तकहरू प्रकाशित छन ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.