नइका तीन कृतिको लोकार्पण

वैशाख ३१, २०८२ |कान्तिपुर टीभी संवाददाता
नइका तीन कृतिको लोकार्पण

काठमाडौं । वानीरा फाउन्डेसनले एक समारोहबीच राजधानी काठमाडौँमा शताब्दी पुरूष डा. सत्यमोहन जोशीको एक सय छैटौँ जयन्ती मनाएको छ।

सोही अवसरमा प्रसिद्ध समालोचक प्रा केशव सुवेदीले नइ प्रकाशनबाट प्रकाशित तीन वटा कृतिको लोकार्पण गर्नुभयो ।

लोकार्पण भएका कृतिहरूमा अक्षरशिरोमणि मदनमणि दीक्षितकृत ‘नरेन्द्रराज प्रसाईका पाँच जीवनीकृति’, गोविन्द भट्टकृत ‘इन्दिरा प्रसाईको ए समुद्र १’ र ठाकुर शर्मा भण्डारीद्वारा लिखित ‘नइ कीर्ति विवेचना’ रहेका छन । दीक्षितकृत कृतिको सम्पादन इल्या भट्टराई र भट्टकृत कृतिको सम्पादन प्रा.डा. ऋषिराम शर्माले गर्नुभएको छ ।

वानीरा फाउन्डेसनका अध्यक्ष इन्दिरा प्रसाईको सभापतित्वमा सञ्चालित सो समारोहमा प्रा. केशव सुवेदी, इल्या भट्टराई, ठाकुर शर्मा भण्डारी तथा सदस्यसचिव नरेन्द्रराज प्रसाई र कार्यक्रम संयोजक भगवती बस्नेतले शताब्दी पुरूष डा. सत्यमोहन जोशीको महिमा र नव कृतिहरूबारे मन्तव्य प्रकट गर्नुभयो ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.