काठमाडौंमा 'ललितकला मेला-२०८२' सुरु

वैशाख २, २०८२ |कान्तिपुर टीभी संवाददाता
काठमाडौंमा 'ललितकला मेला-२०८२' सुरु

काठमाडौं । नेपाल ललितकला प्रज्ञा प्रतिष्ठानले आजदेखि ललितकला मेला-२०८२ आयोजना गरेको छ ।

कलाको प्रदर्शन, प्रवर्द्धन तथा जानकारी दिने उद्देश्यले प्रतिष्ठानले ललितकला मेला-२०८२ आयोजना गरेको हो । ६ वैशाखसम्म चल्ने मेलामा चित्रकला, मूर्तिकला तथा हस्तकलाको प्रदर्शनी तथा बिक्री गरिनेछ । मेलाले कलालाई आर्थिक, पर्यटकीय तथा सामाजिक रुपान्तरणसँग जोड्न मद्धत पुग्ने प्रतिष्ठानले जनाएको छ ।

मेलामा कलाका विषयमा कार्यशाला, गोष्ठी तथा अन्तरक्रियासमेत गरिनेछन् । मेला १० हजार जनाले अवलोकन गर्ने अपेक्षा गरिएको छ ।

मेला अवलोकनका लागि सर्वसाधारणदेखि कलाकार तथा कलाप्रेमीहरु सहभागी भइरहेका छन् ।

मेलामा ५० भन्दा बढी संघसंस्थाको प्रत्यक्ष र अप्रत्यक्ष रुपमा सहभागिता रहेको नेपाल ललितकला प्रज्ञा प्रतिष्ठानले जनाएको छ ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.