चितवन । भैरव वाङ्मय प्रतिष्ठानले २०८१ सालको ‘भैरव वाङ्मय स्मृति पुरस्कार’ कवि तथा आख्यानकार चिरञ्जीवी दाहालको आत्मकथा ‘मुमूर्षा’ लाई प्रदान गरेको छ । आज एक समारोहका बीच चितवन साहित्य सङ्गमका अध्यक्ष प्रकाश चापागाईं, कार्यक्रमका सभापति रवीन्द्र पौडेल, प्रतिष्ठानका अध्यक्ष प्रा. कपिल अज्ञात र बाबुराम पाण्डेले संयुक्त रूपमा ‘मुमूर्षा’ कृतिका स्रष्टा दाहाललाई प्रदान गरेका हुन् ।
पुरस्कारको राशि दश हजार एक रुपैयाँ रहेको छ । कार्यक्रममा दाहालको पुरस्कृत कृति ‘मुमूर्षा’ को विषयमा साहित्यकारहरू प्रा. अज्ञात र केशवराज आमोदीले प्रकाश पार्नुभएको थियो ।
कार्यक्रममा विभिन्न साहित्यकारहरूले आ-आफ्नो मन्तव्य दिनुका साथै रचना वाचन समेत गरेका थिए । कार्यक्रममा चापागाईंले दाहालको यो कृतिले हरेक पाठकको मन छुन सफल रहेको बताउनुभयो ।