राजबल्लभ कोइराला- स्वदेश फर्किएर सिनेमासँगै कविता संग्रह

माघ १९, २०८१ |कान्तिपुर टीभी संवाददाता
राजबल्लभ कोइराला- स्वदेश फर्किएर सिनेमासँगै कविता संग्रह

काठमाडौं । कलाकार राजबल्लभ कोइरालाको कविता संग्रह ‘औरा’ सार्वजनिक भएको छ । शनिबार काठमाडौंमा एक कार्यक्रमका बीच कविता संग्रह ‘औरा’ सार्वजनिक गरिएको हो ।

कवि विप्लव प्रतिक, लेखक अश्विनी कोइराला, कलाकार दीपा श्री निरौला र संचारकर्मी दिलभुषण पाठकले पुस्तकको लोकार्पण गरेका हुन् । साहित्य पोस्टले बजारमा ल्याएको संग्रहमा कोइरालाका नयाँ पुराना गरि १ सय ५ भन्दा बढी कविता संग्रहित छन् । 

आफ्नी छोरी औराको नामबाट संग्रह प्रकाशित गरेका कोइरालाले आफ्नै भोगाइ र जीवनप्रतिको बुझाइमा रहेर विभिन्न समयमा लेखेका कविताहरू संग्रहमा समावेश गरेको बताउनु भयो ।

पोखराबाट संचारकर्म हुँदै अभिनयमा आधारित ‘रियालिटी शो’मार्फत् अभिनयमा प्रवेश गरेका कोइराला एक समयका लोकप्रिय अभिनेता हुनुहुन्छ । तर केहि वर्षयता कोइराला अमेरिका बस्दै आउनु भएको छ ।

‘पर्खी बसेँ’ बाट फिल्ममा डेब्यू गरेका कोइराला २ दर्जनभन्दा बढि सिनेमामा मुख्य भूमिका निर्वाह गर्नुभएको छ । कोइराला ११ वर्षअघि अमेरिका भासिनुभएको थियो । हलिउडको चलचित्र ‘हाइवे टु धम्पूस’ मा समेत अभिनय गरेका कोइरालाले ‘एक्टर टेक वान’ बाट नेपाली सिनेमामा पूनरागमन गर्नुभएको छ । 

चलचित्र ‘एक्टर टेक वन’को प्रचारप्रसारका लागि उहाँ यसै साता काठमाडौं आइपुग्नुभएको हो ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.


Enter Kantipur TV HD
Advertisement