कला साहित्य उत्सवको पाँचौं संस्करण आगामी फागुनमा

मंसिर १५, २०८१ |कान्तिपुर टीभी संवाददाता
कला साहित्य उत्सवको पाँचौं संस्करण आगामी फागुनमा

काठमाडौं । रिडर्स झापाले आयोजना गर्ने ‘कला साहित्य उत्सव’को पाँचौं संस्करण आगामी फाल्गुण १४ गतेबाट काँकरभिट्टामा सुरु हुने भएको छ । उत्सव फागुन १४ गतेदेखि १६ गतेसम्म चल्ने छ । कला साहित्य उत्सवको पाँचौं संस्करणमा कार्यक्रमहरू केही नयाँ स्वरूपमा प्रस्तुत हुने आयोजकले जनाएका छन् ।

यस वर्षको कला साहित्य उत्सवमा पर्यावरण विमर्शबारे विगतमाभन्दा अझ घनीभूत र विस्तारितरुपमा छलफल हुने रिडर्स झापाका अध्यक्ष शैलेस दाहालले जानकारी दिनुभयो ।

कला साहित्य उत्सवमा कृषक, शिक्षक, कलाकार, लेखक, बौद्धिक, सञ्चारकर्मी, विद्यार्थी लगायत विभिन्न क्षेत्रमा क्रियाशील समूहलाई सक्रियतापूर्वक सहभागी गराउने प्रयत्न गर्ने रिडर्स झापाले जनाएको छ ।

रिडर्स झापाले २०६९ सालदेखि प्रत्येक दुई वर्षमा आयोजना गर्दै आइरहेको कला साहित्य उत्सव २०७७ सालमा आयोजना हुन सकेको थिएन । त्यसपछि कोभिड महामारीका कारण रोकिएको उत्सव यसवर्ष आयोजना हुन लागेको हो ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.


Enter Kantipur TV HD
Advertisement