मैथिलीका महाकवि विद्यापतिको स्मृतिमा विविध कार्यक्रम

कार्तिक २८, २०८१ |कान्तिपुर टीभी संवाददाता
मैथिलीका महाकवि विद्यापतिको स्मृतिमा विविध कार्यक्रम

धनुषा । मैथिली भाषाका महाकवि विद्यापति स्मृति पर्व जनकपुरधाम लगायतका क्षेत्रमा विभिन्न कार्यक्रम गरी मनाइएको छ ।

महाकवि विद्यापतिले भाषा, संस्कृति र साहित्यको माध्यमबाट पुर्‍याएको योगदानको सम्झनामा मिथिलाञ्चल क्षेत्रमा बुधवार स्मृति पर्व मनाइएको हो । 

यस अवसरमा विभिन्न संघ-संस्थाहरूले विद्यापतिको प्रतिमामाथि माल्यार्पण, कवि गोष्ठी, विचार गोष्ठी, सांस्कृतिक तथा साहित्यिक कार्यक्रम आयोजन गरे । 

त्यसक्रममा मैथिली अनुरागीहरूले समृद्ध भाषिक तथा सांस्कृतिक पृष्ठभूमि भएको मैथिली भाषा अझै ओझेलमा परिरहेकाले त्यसको उत्थान गर्नुपर्नेमा जोड दिएका छन् ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.


Enter Kantipur TV HD
Advertisement