कलाश्रीको कविता अंक विमोचन

आश्विन ११, २०८१ |कान्तिपुर टीभी संवाददाता
कलाश्रीको कविता अंक विमोचन

काठमाडौं । नेपाली कलासाहित्य डट कम प्रतिष्ठानले एनएलजी विशेष कविता गोष्ठीको आयोजना गर्दै वार्षिक साहित्यिक पत्रिका 'कलाश्री'को १२औँ अंक सार्वजनिक गरेको छ । नेपाल कलासाहित्य डटकम प्रतिष्ठानद्वारा काठमाडौंमा आयोजित कार्यक्रममा प्रमुख अतिथि संस्कृतिविद तथा कवि तुलसी दिवसलगायतले कलाश्रीको कविता अंक विमोचन गरेका हुन् ।

त्यस अवसरमा प्रतिष्ठानले हास्य–व्यंग्यकार लक्ष्मण गाम्नागेलाई 'एनएलजी कलाश्री सिर्जना पुरस्कार' ११ हजार नगदसहित प्रदान गर्‍यो । त्यसैगरी एनएलजी इन्सुरेन्सका अध्यक्ष विमल वाग्लेले नेपाली कलासाहित्य डट कम विशुद्ध साहित्यिक इ पत्रिकाको नयाँ अंकको सुभारम्भ गर्नुभयो ।

कार्यक्रममा अतिथि कवि विश्वविमोहन श्रेष्ठले 'आँसु' शीर्षकको कविता वाचन गरेर एनएलजी विशेष कवि गोष्ठीको शुभारम्भ गर्नुभयो । सोही अवसरमा प्रा.डा. गोविन्दराज भट्टराईले 'तिमी नहुँदा पनि उस्तै हुन्छ' शीर्षकको कविता वाचन गर्नुभयो । एनएलजी विशेष कवि गोष्ठीमा कविहरू प्रमोद प्रधान, लक्ष्मण गाम्नागे, रामप्रसाद ज्ञवाली, प्रभा भट्टराई, फूलमान बल, कपिल अञ्जान, हेमन्त विवश, शान्ति प्रियवन्दना, रसिक राज, भैरवी भूगोल, मोहित जोशी, अस्मिता मानन्धर, प्रमोद सारङ्ग र रोशन परियारले आ–आफ्ना कविता वाचन गरे ।

त्यस अवसरमा विमोचित पत्रिका 'कलाश्री'माथि महेश पौड्यालले समीक्षात्मक मन्तव्य राख्नुभयो । कार्यक्रममा प्रतिष्ठानकी अध्यक्ष कवि एवम् निबन्धकार मोमिलाले नेपाली भाषासाहित्यलाई अन्तर्राष्ट्रीयकरण गर्ने दिशामा प्रतिष्ठान अग्रसर रहेको जानकारी दिनुभयो ।

कार्यक्रममा प्रमुख अथिति कवि तुलसी दिवस, कवि डा. विमल कोइराला, राजेश्वर कार्कीलगायतले बोल्नुभएको थियो । कलाश्रीले नयाँ अंक कविता विशेषाङ्क निकालेको हो । यसमा एक सय ७५ जना कविका कविताहरु समावेश गरिएको छ । 


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.


Enter Kantipur TV HD
Advertisement