पद्‍मश्री साहित्य पुरस्कार-२०८० का लागि उत्कृष्ट पाँच पुस्तक छानिए

श्रावण १५, २०८१ |कान्तिपुर टीभी संवाददाता
पद्‍मश्री साहित्य पुरस्कार-२०८० का लागि उत्कृष्ट पाँच पुस्तक छानिए

काठमाडौं । खेमलाल–हरिकला लामिछाने समाज कल्याण प्रतिष्ठानले पद्‍मश्री साहित्य पुरस्कार–२०८० का लागि उत्कृष्ट पाँच पुस्तक छनोट गरेको छ । पहिलो चरणमा छनोट भएका उत्कृष्ट विस्तारित सूचीमा परेका १५ पुस्तकबाट पाँच पुस्तक छनोट गरिएको प्रतिष्ठानले जनाएको छ ।

उत्कृष्ट पाँच पुस्तकहरूमा कृष्ण गौतमको अद्वैत, सानु शर्माको अर्को देशमा, रोशन शेरचनको गल्ली संसार, कुमार नगरकोटीको जोगियाना र गोविन्दप्रसाद कुसुमको भृकुटी रहेका छन् । 

यी पाँच पुस्तकमध्ये एकलाई वर्ष-२०८०को पद्‍मश्री साहित्य पुरस्कार दिइने प्रतिष्ठानका अध्यक्ष जीवा लामिछानेले आज विज्ञप्ति मार्फत जनाउनुभएको छ ।  


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.