यी हुन् मदन पुरस्कार-२०८० का लागि छानिएका उत्कृष्ट ५ पुस्तक

श्रावण ८, २०८१ |कान्तिपुर टीभी संवाददाता
यी हुन् मदन पुरस्कार-२०८० का लागि छानिएका उत्कृष्ट ५ पुस्तक

काठमाडौं । मदन पुरस्कार गुठीले ‘मदन पुरस्कार-२०८०' का लागि पाँच कृति छनोट गरेको छ । मदन पुरस्कारका लागि गुठीलाई प्राप्त ३ सय ४ पुस्तकमध्ये ५ पुस्तक छानिएको गुठीले मंगलबार विज्ञप्तिमार्फत जनाएको छ ।

छानिएका ५ पुस्तकमध्ये एउटाले वर्ष-२०८० को मदन पुरस्कार जित्नेछ ।

पुरस्कारका निम्ति पहिलो चरणमा भक्त स्याङ्तानको डम्फुको आत्मालाप, जीवन क्षेत्रीको नुन तेल, भावेश भूमरी र प्रणिता चामलिङको भावलिपि, मोहन मैनालीको मुकाम रणमैदान र रोशन थापा ‘नीरव’को सन्त्रासका साठी दिन छनोट भएका हुन् ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.


Enter Kantipur TV HD
Advertisement