‘लासमाथिको मानवता’ नाटक संग्रहमाथि अन्तरक्रिया

चैत्र २९, २०८० |कान्तिपुर टीभी संवाददाता
‘लासमाथिको मानवता’ नाटक संग्रहमाथि अन्तरक्रिया

काठमाडौं । डा.पुरण राईद्वारा लिखित ‘लासमाथिको मानवता’ नाटक संग्रह सामाजिक यथार्थवादी रहेको नेपाली स्रष्टहरुले बताएका छन् । नेपाल स्रष्टा समाजले काठमाडौंमा आयोजित अन्तरक्रियामा वरिष्ठ रंगकर्मी अशेष मल्लले नाटकमा सामाजिक चेतलाई चित्रण गरेको बताए।

‘नाटक लेख्ने कार्य कविता र कथा लेखेजस्तो कोठामा बसेर लेख्ने विधा होइन,' उनले भने, 'नाटक मञ्चमा मञ्चन भएपछि मात्रै कस्तो छ भनेर जानकारी हुन्छ ।' एकपटक लेख्दैमा र अभिनय गर्दैमा नाम र दाम खोज्ने प्रवृतिबाट रंगमञ्च र रंगकर्मी मुक्त हुनु पर्ने उनले बताए । 

नेपाली नाटकमा विद्यावारिधि गरेकी कान्छी महर्जनले ‘लासमाथिको मानवता’ संग्रहमा सामाजिक यथार्थावादी धारका नाटक रहेको बताइन् । छोटा र मध्यम किसिमका दृष्य रहेका नाटकले मानवीय चेतना जगाउने र रंगमञ्चमा सहज मञ्चन गर्न सकिने उनको भनाइ थियो ।

फिल्म निर्देशक एवं पुरानो नाटक घरका निर्देशक सुलक्षण भारतीले नाटकसंग्रह नाटकभन्दा सिनेमाजस्तो लागेको बताए । नाटकमा ग्रामीण परिवेश, भावना र नेपाली माटोको कथा पाएको निर्देशक भारतीले बताए ।

थिएटर मलका निर्देशक केदार श्रेष्ठले ‘लासमाथिको मानवता’ नाटकसंग्रहले रंगमञ्चमा योगदान दिएको बताए । कार्यक्रममा श्रीओम श्रेष्ठ ‘रोदन’ लेखक डा. पुरण राई, समाजका महासचिव देविका तिमिल्सिना र सदस्य मधु पाठकले पनि पुस्तकको विषयमा चर्चा गरेका थिए । 


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.


Enter Kantipur TV HD
Advertisement