काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पारिवारिक सम्वन्ध सुमधर भए जीवनको निरन्तरता थप बलियो हुने बताएका छन् ।
बुना दाहालको पुस्तक 'आमा छोरी'को काठमाडौंमा लोकार्पण गर्दै एमाले अध्यक्ष ओलीले आमा र छोरीको सम्बन्ध सबैभन्दा बलियो हुने बताए ।
इतिहास र पुराणहरुमा पनि आमा र छोरीको साइनोका प्रेरणादायी अनेक कथा र उपदेशहरुको चर्चा गर्दै अध्यक्ष ओलीले पृथ्वी माताको प्रसंग त्यसैको उपज भएको उल्लेख गरे । पुस्तकमा आमा र छोरीबीचको सम्वन्धबारेका लेखहरु संग्रहित छन् ।