रोहिणी राणाको ‘द नेपाल कुकबुक’ सार्वजनिक

फाल्गुन ४, २०८० |श्याम श्रेष्ठ
रोहिणी राणाको ‘द नेपाल कुकबुक’ सार्वजनिक

काठमाडौं । रोहिणी राणाद्वारा लिखित ‘द नेपाल कुकबुक’ पुस्तक आज विमोचन गरिएको छ ।

द नेपाल कुकबुकमा तराई, पहाड र हिमालमा प्रचलित १०८ प्रकारका परिकारहरु समावेश गरिएको छ । प्रधानसेनापति प्रभुराम शर्माले पुस्तक विमोचन गरेका हुन् ।

किताबमा नेपालको ग्रामीण क्षेत्रमा प्रचलित मौलिक परिकारहरु बनाउने विधिहरु समेटिएको छ । विभिन्न जातजाति र क्षेत्रका परिकारहरुबारे नेपाललगायत विश्वभरका मानिसले परिचित होऊन् भन्ने उद्देश्यले किताब लेखेको राणाले बताइन् ।

यसअघि उनको ‘द राणा कुकबुक’ नामक किताब सार्वजनिक भइसकेको छ । उनी पूर्वप्रधानसेनापति गौरवशमशेर राणाकी पत्नी हुन् ।


Image

श्याम श्रेष्ठ

श्रेष्ठ कान्तिपुर टीभीका वरिष्ठ क्यामेरा पर्सन हुन् ।