मनाइयो नारायण गोपालको ३३औं स्मृति दिवस

मंसिर १९, २०८० |कान्तिपुर टीभी संवाददाता
मनाइयो नारायण गोपालको ३३औं स्मृति दिवस

काठमाडौं । स्वरसम्राट नारायण गोपालको ३३औं स्मृति दिवस आज काठमाडौंमा मनाइएको छ ।

स्मृति दिवसका अवसरमा नारायण गोपाल संगीत कोषले राष्ट्रिय नाचघरमा कार्यक्रमको आयोजना गरेको थियो । कार्यक्रममा कोषले हरेक वर्ष प्रदान गर्दै आएको स्वरसम्राट नारायण गोपाल स्मृति पुरस्कार यस वर्ष ‘स्वरकिन्नरी’ तारादेवी (मरणोपरान्त) र वाङ्मयसेवी गणेश रसिकलाई प्रदान गरेको छ । २०४७ सालमा स्थापित कोषले यसअघि ४० स्रष्टालाई सम्मान गरिसकेको छ ।

२०१७ सालमा रेडियो नेपालबाट माणिकरत्न स्थापित र प्रेमध्वज प्रधानको संगीतमा गीत गाएर स्वरपरीक्षा पास गरेका नारायण गोपालले थुप्रै कालजयी गीत गाएका छन् ।

उनका ‘मलाई नसोध कहाँ दुख्छ घाउ’, ‘एउटा मान्छेको मायाले’, ‘झरेको पात झैँ भयो जिन्दगी’, ‘यो मुटुलाई कसरी सम्झाई बुझाऊँ’, ‘केही मीठो बात गर’, ‘साउनको झरी बनी तिमी आउन’ जस्ता गीतहरू चर्चित छन् ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.