साहित्यकार मञ्जु काँचुली र विजय चालिसेलाई सम्मान

मंसिर १७, २०८० |कान्तिपुर टीभी संवाददाता
साहित्यकार मञ्जु काँचुली र विजय चालिसेलाई सम्मान

काठमाडौं । लघुकथा समाज नेपालले साहित्यकार मञ्जु काँचुली र विजय चालिसेलाई सम्मान गरेको छ ।

काठमाडौंमा शनिबार आयोजित कार्यक्रममा प्रमुख अतिथि अग्रज साहित्यिक पत्रकार रोचक घिमिरेले ‘बाटुली खिलध्वज लघुकथा सम्मान-२०८०’ र ‘सावित्री केशर कथा सम्मान-२०८०’ कथाकार चालिसेलाई समर्पण गरे ।

उक्त सम्मानका साथ सर्जकहरूलाई जनही २१ हजार १ रुपैयाँ नगदसमेत प्रदान गरियो ।

स्रष्टाहरूलाई सम्मान गर्दै प्रमुख अतिथि घिमिरेले नेपाली साहित्यमा लघुकथा लेखनबारे चर्चा गरे । उनले भीमनिधि तिवारी, सिद्धिचरण श्रेष्ठहरूले २००० सालअघि नै लघुकथा लेखेको इतिहास उल्लेख गरे ।

समाजका संस्थापक अध्यक्ष साहित्यकार श्रीओम श्रेष्ठ रोदनले लघुकथा लेखनको उन्नयनमा समाजले गरेको क्रियाकलापको चर्चा गरे । कार्यक्रममा सम्मानका संस्थापकहरूका तर्फबाट हरि थापा, सम्मानित व्यक्तित्वहरू मञ्जु काँचुली, विजय चालिसे, सुमन सौरभ, श्रीबाबु कार्की, तुलसीहरि कोइराला, तारा केसीले आ-आफ्ना धारणा प्रस्तुत गरेका थिए ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.