परराष्ट्रविद् थापाको पुस्तक ‘राष्ट्र परराष्ट्र’ सार्वजनिक

मंसिर ५, २०८० |कान्तिपुर टीभी संवाददाता
परराष्ट्रविद् थापाको पुस्तक ‘राष्ट्र परराष्ट्र’ सार्वजनिक

काठमाडौं । परराष्ट्रविद् भेषबहादुर थापाको पुस्तक ‘राष्ट्र परराष्ट्र’ आज सार्वजनिक भएको छ ।

४० वर्षभन्दा लामो समय कूटनीतिक क्षेत्रमा विताएका थापाले २०१७ सालदेखि नेपालको कूटनीतिक क्षेत्रमा गरेको काम र परराष्ट्रमामिलाको विषयलाई पुस्तकमा उतारेका छन् । पत्रकार हरिबहादुर थापाको पनि लेखन रहेको पुस्तकमा राजा वीरेन्द्रले अमेरिकामा गरेको राजकीय भ्रमण, नेपाल-अमेरिका सम्बन्ध, चीनसँगको व्यापारका लागि कोदारी नाका खोल्दादेखि भारतसँगको सम्बन्धलगायत घटनाक्रम पुस्तकमा समावेश गरिएको छ ।

पूर्वअर्थमन्त्री समेत रहेका थापाले नयाँ पुस्ताका लागि आफूले पुस्तक ल्याएको बताए ।

कार्यक्रममा सांसद स्वर्णिम वाग्लेले नेपालको अन्तर्राष्ट्रिय मामिला बुझ्न थापाको पुस्तक पढ्नुपर्ने बताए । त्यस्तै पत्रकार सुधीर शर्माले नेपालले विगतमा अन्तर्राष्ट्रिय सम्बन्धमा गरेको तथ्य बुझ्न पुस्तक सहयोगी हुने बताए । पुस्तकको सम्पादन पत्रकार हरिबहादुर थापाले गरेका हुन् ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.